नियम ८८
भेदभाव गर्न नहुने
(१) खरिद ऐनको दफा १३ को उपदफा (२) को खण्ड (ज)
को अवस्थामा वाहेक खरिद कारबाहीमा बोलपत्रदातालाई निजको राष्ट्रियताको
आधारमा भेदभाव गर्नु हु“दैन ।
(२) बोलपत्र सम्बन्धी कागजात बमोजिम आवश्यक पर्ने कुनै लिखत
बोलपत्रदाताले प्राप्त गर्न नसकेको अवस्थामा निजले पेश गरेको त्यस्तो लिखत
सरहको अन्य लिखतलाई सम्बन्धित स्थानीय निकायले मान्यता दिनु पर्नेछ ।